पलसँग आँचलले फिल्म नखेल्ने ! (भिडियो हेर्नुस्)
नायिका आँचल शर्मा नायक पल शाहसँग फिल्म नखेल्ने अवस्थामा पुगेकी छन् । कुनै पनि फिल्ममा पलसँग फिल्म खेल्नु पर्ने बाध्यता नरहेको बताइन् । प्रेम जोडीको रुपमा समेत फिल्म नगरीमा चर्चित आँचलले किन भनिन् त यस्तो ? यो रमाईलो कुराकानी हेर्नुस् :
खासगरी मिडियामा नयाँ फिल्मको लागि पलले आँचलको सिफारिस गरेको भन्ने चर्चा भएपछि उनी पलसँग फिल्म नखेल्न सक्ने अवस्थामा पुगेकी हुन् । ‘बरु म फिल्म नै खेल्दिनं । मलाई रिकमेन्ड गर्नु पर्दैन’, आँचलले कडा स्वरमा भनिन्, ‘अरु स्टार जस्तो फिल्म खेल्नु पर्छ, खतरा हुनु पर्छ भनेर म आएकै होइन् ।’
के अब तपाईं पल जीले सिफारिस गरेको फिल्म खेल्नु नै हुन्न त ? भन्ने प्रश्नमा आँचल भन्छिन्, ‘सिफारिस गर्न पाइन्छ । तर उहाँले आँचल नै हुनुपर्छ भनेर भन्नु हुन्न ।’ यदि आफु बिना पलले फिल्म नै नखेल्ने भएको भए ‘म यस्तो गीत गाउँछु’ नखेल्ने समते आँचलले तर्क गरिन् ।