राजेन्द्र खड्गी ठमेलबाट पक्राउ
मानव तस्करीको आरोप लागेका द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन् । बिहीबार केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले खड्गीलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो । खड्गी माथि कलाकारको नाममा विभिन्न व्यक्तिलाई दक्षिण कोरिया पठाएको आरोप छ ।
दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरेको उनीमाथि आरोप लागेको छ । खड्गीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद समेत लिएको सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिएका छन् ।
खड्गीले गैरकानुनी रुपमा ११ जना व्यक्तिलाई दक्षिण कोरिया पठाएको सीआईबीको दाबी छ । खड्कीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरियामा ती व्यक्तिहरुलाई लगेको आरोप छ ।