find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गोपिकृष्णमा देखिएको अनमोलको क्रेज (फोटो/भिडियो)

प्रदर्शनको दोश्रो दिन युवा स्टार अनमोल केसी हल गएका छन् । अनमोल प्रहरी र सुरक्षागार्ड सहित शनिबार चावाहिलको गोपिकृष्ण र बालाजुको अष्टनारायण हल पुगेका हुन् । अनमोलको साथमा नायिका अदीति बुढाथोकी पनि हल गएकी थिइन् ।

 
डेढ वर्षपछि कृ मार्फत दर्शकमाझ आएका अनमोल हल पुग्दा फ्यानबाट न्यानो स्वागत पाए । विशेषतः केही फ्यानहरु अनमोललाई देख्दा ‘ओएमजी’ मुडमा प्रस्तुत भए । केही केटी फ्यानले आँखाबाट आँसु समेत झारे । हेर्नुस् भिडियो :

अनमोलले गोपिकृष्ण हलमा दर्शकलाई राष्ट्रिय गाना गाउँन अनुरोध गर्दै आफुले समेत गाए । दर्शकलाई ‘धेरै माया छ’ भन्दै उनले धन्यवाद दिए । सुवास गिरी र भुवन केसीले निर्माण गरेको ‘कृ’ ले शनिबार देशका अधिकाशं हलमा हाउसफूल दर्शकको साथ पाएको छ ।

सुरेन्द्र पौडेल निर्देशित रिभेञ्ज लभ स्टोरी ‘कृ’ मा अनमोल र अदीतिसँगै अभिनेता सरोज खनाल, अभिनेत्री रुपा राना, कलाकार अनुपविक्रम शाही, कामेश्वर चौरसिया लगायतको अभिनय छ ।

पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएका अनमोललाई उनका फ्यानले रुचाएका छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन र चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ । फोटो तथा भिडियो : उद्धव रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha