‘कान्छी’को रिलिज अगावै लगानी सुरक्षित
प्रदर्शन पुर्व नै श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ले आफ्नो लगानी सुरक्षित गर्न सफल भएको छ । प्रचार प्रसार सहित २ करोड लगानीमा बनेको फिल्मले ब्रान्ड र डिजिटल तथा ओभरसिज राइटस् मार्फत उच्च लगानी सुरक्षित गरेको हो ।
श्वेताले ब्राण्ड पार्टनर्सबाट ८० लाख र डिजिटल र ओभरसिज राइट्सबाट १ करोड २२ लाख लिइन् । यसर्थ फागुन ४ गते अगाडी नै श्वेताले दुई करोड बढी रकम प्राप्त गरिन् । फिल्मले नेपालबाट गरेको व्यापार श्वेतालाई नाफाको हुनेछ । श्वेताका दुई भाई शैलेश खड्का र रविन खड्का निर्माताको रुपमा रहेका छन् । दया र श्वेतासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :
आकाश अधिकारी निर्देशित ‘कान्छी’ मा श्वेताको अपोजिटमा अभिनेता दयाहाङ राई प्रस्तुत भएका छन् । दया र श्वेतासँगै निर शाह, अनु शाह, कामेश्वर चौरसिया, प्रज्वल सुजल गिरी, आशान्त शर्मा लगायत कलाकारहरुको अभिनय छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा अर्जुन पोखरेल र राजनराज सिवाकोटीले संगीत दिएका छन् ।