दोश्रो सातामा ‘कान्छी’, श्वेता मोफसल निस्किइन्
श्वेता खड्का को फिल्म ‘कान्छी’ ले दोश्रो साताको प्रदर्शन यात्रा तय गरेको छ । पहिलो सातामा सफल व्यापार गरेको कान्छीले दोश्रो सातामा पनि ८० बढी पर्दा पाएको वितरक गोपालकाजी कायस्थले बताए । ‘कान्छी’को व्यापारिक रिपोर्ट भने सार्वजनिक गरिएको छैन् ।
फिल्म प्रदर्शनको दोश्रो सातामा कान्छी टिम मोफसल यात्रामा निस्किएको छ । नायिका तथा निर्मात्री श्वेता खड्का, नायक विनोद न्यौपाने र कलाकार दीलिप पन्त हेटौंडा, चितवन र बुटवलको यात्रामा निस्किएका हुन् । ‘खासमा हामी खुसी साट्न मोफसल निस्किएका हौं’, श्वेताले भनिन्, ‘कान्छीलाई राजधानी सँगै मोफसलका दर्शकले पनि राम्रो साथ दिनु भएको छ । उहाँहरुलाई धन्यवाद दिन हाम्रो युनिट मोफसलका मुख्य शहरमा निस्किएको हो ।’ निर्देशक आकाश अधिकारी र अभिनेता दयाहाङ राई भने व्यस्तताका कारण मोफसल जान नपाएको श्वेताले बताइन् ।
रिलिज पुर्व नै लगानी सुरक्षित गरेको कान्छीले सार्वजनिक प्रदर्शनीबाट सोचे भन्दा राम्रो दर्शकको साथ पाइरहेको छ । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि कान्छी बनेर फर्किएकी श्वेतालाई दर्शकले साथ दिएका छन् । हल रिपोर्ट हेर्नुस् :