‘ब्लाइन्ड रक्सले सोच बदल्यो’ : वेनिशा हमाल
१६ वर्षको उमेरमा दृष्टि गुमाएकी सृष्टि केसीको जीवनीमा आधारित रहेर फिल्म ‘ब्लाइन्ड रक्स’ बनेको छ । मिलन चाम्सद्वारा निर्देशित यो फिल्म यही शुक्रबार अर्थात् फागुन १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । सृष्टिको भूमिकामा नायिका वेनिशा हमाल प्रस्तुत भएकी छन् ।
‘यो मेरो लागि चुनौती र अवसर दुवै हो’, सोमबार आयोजित प्रेसमिटमा वेनिशाले भनिन्, ‘ब्लाइन्ड रक्स खेलेपछि दृष्टिविहिन र अपांगता भएकाहरुप्रति हेर्न मेरो दृष्टिकोण नै बदलिएको छ ।’ वेनिशाका अनुसार दृष्टि गुमाएकाहरु पनि दृष्टि भएकाहरु जत्तिकै सक्षम छन् । ‘देख्न सक्दैन भन्दैमा उहाँहरुलाई विशेष व्यवहारको आवश्यकता छैन् । उहाँहरु पनि सामान्य मानिस सरह हुनुहुन्छ । उहाँहरु हामी जस्तै सक्षम हुनुहुन्छ, वेनिशाको भनाई छ । दृष्टिविहिन सृष्टिलाई पर्दामा उर्तान झण्डै ६ महिना अभ्यास गरेको वेनिशाले बताइन् ।
सृष्टिले आफ्नो जीवनलाई वेनिशाले न्याय गरेको उल्लेख गरिन् । दर्शकले राम्रो रुपमा लिनुहुन्छ भन्ने विश्वास लिएको छु, सृष्टिले भनिन् । आमा परमेश्वरीले पनि ब्लाइन्ड रक्स मा वेनिशालाई सृष्टिकै रुपमा देखेको बताइन् । फिल्म हेर्दा म त रोए, सृष्टिकी आमाले भनिन् । निर्माता निकेश लिम्बुले फिल्मलाई सबैले रुचाउने विश्वास राखे । निर्देशक चाम्सले फिल्म राम्रो बनेको विश्वास दिलाए ।
‘ब्ल्यान्ड रक्स’मा सृष्टिको आमाको अभिनेत्री गौरी मल्लले आमाको भूमिकामा प्रस्तुत भएकी छन् भने प्रेमीको भूमिकामा अर्पण थापा छन् । फिल्मको युके र हङकङमा प्रिमियर शो गरिएको छ । वेनिशा, सृष्टि र उनकी आमासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :