‘ब्ल्याइन्ड रक्स’ हेर्दा रुवी राणा रोइन् (फोटो/भिडियो)
यो शुक्रबारदेखि प्रदर्शनमा आउने बायोपिक फिल्म ‘ब्ल्याइन्ड रक्स’को बुधबार प्रिमियर गरिएको छ । सोह्र वर्षको उमेरमा दुबै दृष्टि गुमाएकी सृष्टि केसीको जीवनीमा बनेको फिल्मले प्रिमियरमा मन जित्यो । सृष्टिको भूमिका निभाएकी नायिका वेनिशा हमालले प्रिमियरमा उपस्थित पाहुनाको मन जितिन् । भिडियो हेर्नुस् :
‘रुँदा रुँदा मेरो त मेकअप पनि बिग्रिएको छ’,’ ब्ल्यान्ड रक्स’ हेरेर हल बाहिरि निस्कंदै गर्दा पहिलो मिस नेपाल रुवी राणाले भनिन्, ‘फिल्म एकदम राम्रो छ । वेनिशा र गौरी दिदीको काम एकदम राम्रो लाग्यो । फिल्मको स्क्रिप्ट र निर्देशन राम्रो छ ।’
प्रदर्शनरत फिल्म ‘पञ्चेबाजा बाट प्रशंसा पाइरहेका निर्देशक घनश्याम लामिछानले ‘ब्ल्याइन्ड रक्स’ एकदम राम्रो फिल्म रहेको प्रतिक्रिया दिए । सोही फिल्मका स्क्रिप्ट राईटर प्रदिप भारद्वाजले भने, ‘कहिलेकाही बन्ने यस्ता फिल्मले हामीलाई नेपाली फिल्मकर्मी हुँ भन्दा गर्व लाग्छ ।’
यता निर्देशक दिपाश्री निरौलाले फिल्मले उठाएको कथावस्तुलाई कलाकारले न्याय गरेको बताइन् । मलाई मन छोयो, नेपाली फिल्म हेर्ने दर्शकलाई पनि मन छुन्छ भन्ने विश्वास छ, दिपाश्रीले भनिन् । निर्देशक सुरज सुब्बा नाल्बोले ब्ल्यान्ड रक्स मास्टर पिस भन्ने प्रतिक्रिया दिए । फिल्म हेर्नु भयो भने जीवन यस्तो पनि हुँदो रैछ भन्ने बुझ्नु हुनेछ, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठले भनिन् ।
निकेश खड्काको निर्माण रहेको ब्ल्यान्ड रक्स मा वेनिशा र गौरी मल्ल सँगै अर्पण थापा, बसन्त भट्ट बैंकर अनिल केशरी शाह लगायतको अभिनय छ । प्रिमियरमा सृष्टि आफ्नो परिवारसँग उपस्थित भएकी थिइन् । प्रिमियरमा नायक प्रदीप खड्का, नायिका केकी अधिकारी, रिमा विश्वकर्मा लगायत सेलिव्रेटी उपस्थित थिए ।