सुरु भो सलोन र साराको ‘सुश्री सम्पत्ति’
कमेडी लभ स्टोरी जनराको फिल्म ‘सुश्री सम्पत्ति’को छायाँकन सुरु भएको छ । मंगलबार पोखराको विन्ध्यवासिनी मन्दिरमा शुभमुर्हत गर्दै निर्देशक सुव्रत आचार्यले फिल्मको एक्सन कट सुरु गरेका हुन् ।
‘सुश्री सम्पत्ती’ मा सलोन बस्नेत, सारा सिर्पाइली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयानन्द लामा लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । नायिका प्रियंका कार्की भने बिशेष भुमिकामा देखिदनेछिन् ।
फिल्ममा समावेश एउटा गित बाहे सम्पूर्ण छायाँकन पोखरामा गरिने निर्देशक आचार्यले बताए ।
सुरेश अधिकारीको संगीत, अर्जुन तिवारीको सिनम्याटोग्राफी रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफि रहनेछ । फिल्मको कथा निर्देशक आचार्यले नै लेखेका हुन् । राहुल इन्टरटेन्मेन्टको व्यानरमा बन्ने फिल्मका निर्माता रमेश त्वयना, विज्ञान राई, नुनम सुब्बा र रोमन शीलाकर फिल्मका हुन् ।