‘रामकहानी’ सुटिङमा माग्ने बुढाले ढाले खसी
दश लाख पारिश्रमिक लिएका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले ‘रामकहानी’ सुटिङमा खसी काटेर भोज गरेका छन् । बिहिबार फागु पूर्णिमाको अवसर पारेर माग्नेले झण्डै पच्चिस हजार मुल्य पर्ने खसी काटेर युनिटलाई भोज दिएका हुन् ।
‘ठट्टै ठट्टामा खसी काटियो, कलाकार घिमिरेले सुनाए, अब निर्देशक र नायिकाले उचालेपछि काट्नै पर्यो ।’ यता नायिका पूजा शर्माले पनि ख्याल गर्दा गर्दै साँच्चै परेका सुनाइन् । ‘आज खसी काट्नु न त माग्नु दाई भनेको उहाँले त काटि हाल्नु भो । जे होस होलीमा खसी काटेर सुटिंगमा रमाईलो गरियो’ पूजाले सुनाईन । सुदर्शन थापा निर्देशित फिल्मको यतिबेला पोखरामा छायाँकन चलिरहेको छ ।
तीजमा प्रदर्शन हुने ‘रामकहानी’ मा निर्मात्री तथा नायिका शर्मा र नायक आकाश श्रेष्ठ प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । यो जोडीसँगै फिल्ममा केदार घिमिरे माग्ने बुढा, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायत कलाकारहरुको फिल्ममा मुख्य भूमिका छ । फिल्ममा संगीत अर्जुन पोखरेलले दिएका छन् ।