‘सलमान नआउँदा दुःखी नभए हुन्छ’ : केदार घिमिरे
चर्चिच हाँस्य व्यांग्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाले नेपालमा सलमान खानको कार्यक्रम स्थगन हुन गएकोमा दुःख मनाउ नगर्नु पर्ने बताएका छन् । लामो स्टाटस लेख्दै केदारले नेपालमा नेपाली कलाकार र संस्कृतिलाई प्राथमिकता दिएका हुन् । पढ्नुस् स्टाटस् :
‘इजरायल जाँदा दिल्लीमा मलाई दाह्री काट्न दिइएको दबाब, सुदुरपश्चिमका जनताले भारतमा काम गरेर फर्कंदा बोर्डरमा सहेको हेपाई, कपिल आउँदा जितु नेपालको अपमान, सिमाना मिचाई, बेला बेला नेपाल छिरेर गर्ने उपद्रो आदि हेर्दा सलमानको कार्यक्रम स्थगित नै भएपनि धेरै दुःख नमाने हुने देखिन्छ । हामीसँग पनि अनमोलहरू छन् । नोट ः नेपालमा पहिलो प्राथमिकतामा नेपाली कलाकार हुनुपर्छ, नेपाली गीत सँगीत पहिलो प्राथमिकतामा हुनुपर्दछ । नेपाली मिडियामा आउने बिज्ञापनमा नेपाली मोडेल हुनुपर्दछ । नेपामा जन्मिने बच्चाले पहिलो शब्द “आमा“ नै बोलुन, मदर, माँ वा मम् नबोलुन् । भाषा सकियो देश सकियो । (सुकिलो लुगा लगाएकी पल्ला घरकी आमा भन्दा झुत्रो लुगा लाएकी आफ्नै आमा प्यारी) ।’