find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आँसु बेचेर ‘कान्छी’ चलायो भन्नेहरुका लागि…

श्रीमान श्रीकृष्ण श्रेष्ठको निधनपछि नायिका तथा निर्मात्री श्वेता खड्का कान्छी लिएर दर्शकमाझ आइन् । श्वेताको कमब्याकलाई दर्शकले स्वागत गरे । दर्शकको साथकै कारण श्वेताको फिल्म तेश्रो सातामा चलिरहेको छ । तरपनि केही फिल्मकर्मी र मिडियाले कान्छीको व्यापारलाई लिएर विभिन्न टिकाटिप्पणी गरेपछि श्वेताले स्टाटस मार्फत उनीहरुलाई जवाफ दिएकी छन् । आफुलाई आँसु बेचेर फिल्म चलाएको भन्नेहरुलाई शनिबार श्वेताले फेसबुक मार्फत दिएको जवाफ यस्तो छ :


‘हिजो मेरो सिउँदोको सिन्दुर पुछिदाँ म प्रति सहानुभुतिका अनेकन शब्दहरु प्रकट गर्ने मेरै फिल्म नगरीका धेरै सहकर्मीहरुको वास्तविक अनुहार ’कान्छी’ फिल्म पर्दामा उत्रने बित्तिकै उनिहरुको वास्तिविक अनुहार पनि छर्लङ्गै भएको छ । दर्शकहरुबाट कान्छीले तेश्रो सातामा पनि उकालो चढिरहंदा मैंले हिजोका दिनमा मप्रती सहानुभुतिका शब्द ब्यक्त गर्नेहरुको मलिन अनुहारलाई म यतिखेर पढिरहेकी छु । आँशु बेचेर फिल्मको प्रमोशन गरेको भनेर मलाई आरोप लगाउनेहरुप्रती दर्शकदिर्घाको आपार माया र साथले नराम्रै झट्का दिईरहेको महसुश गरेकी छु । मैंले यो फिल्म दर्शकदिर्घाको माया पाउन बनाएकी थिएँ, जुन मैले प्राप्त गरें । मलाई अझ पनि प्रश्न गरिन्छ कान्छिले कती कमायो ? भनेर । म यो प्रश्नकर्ताहरुलाई कान्छी हेर्ने दर्शकदिर्घा समक्ष यही प्रश्न तेर्स्याउन अनुरोध गर्न चाहन्छु र दर्शक दिर्घाको प्रतिकृयालाई जस्तोको त्यस्तै सम्प्रेशण गरिदिनुहुन समेत अनुरोध गर्न चाहन्छु । मैले कान्छीबाट के पाएँ, के कमाएँ र कती कमाएँ यस्को बिवरण दिईराख्नु पर्छ भन्ने मलाई लाग्दैन, किनकी सिनेजगत आफै बोल्छ अनी अहिलेको फिल्मी माहौल आफैले यस्को जवाफ दिईरहेकी छ । एकाध ब्यक्तिले कान्छी असफल भएको प्रचारप्रसार गर्ने प्रयास गरेको पनि यसै अवधिमा देखियो । कुनै पनि फिल्मको सफलता र असफलताको निर्णय गर्ने जिम्मा दर्शकको हो । हामिले त मात्र फिल्म बनाउने हो र दर्शकको पोल्टोमा सुम्पिने हो, त्यसपछिको निर्णय भनेको भगवान सरह दर्शकले गर्ने गर्दछन । अतः कान्छीले तेश्रो सातासम्म आईपुग्दा दर्शक दिर्घाबाट पाएको माया र साथ नै मेरो लागी सबै भन्दा ठुलो सफलता हो । अझ कान्छी प्रती को क्रेज उस्तै छ । देशमा मात्र होईन विदेशम पनि नेपाली जमातले कान्छीलाई हेर्न निक्कै उत्सुक भई रहेको अनगिन्ती प्रतिकृया प्राप्त गरिरहेकी छु । म मेरा दर्शकहरुप्रती आजको दिनसम्मको यो साथ, सुझाव र अपार मायाको लागी हार्दिक धन्यवाद दिन चाहन्छु । जस्ले कान्छी हेर्न छुटाउनु भएको छ, उहाँहरुलाई नजिक को हलमा गएर हेरी दिन अनुरोध समेत गर्न चाहन्छु । तपाइहरु हुनुहुन्छ र त हामी छौ । तपाईहरु बिना त हामी रित्तो र अपुरो । जय कान्छी !’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha