निर्देशक दयाराम दाहालको ‘शब्द-संग्राम’ लोकार्पण
वरिष्ठ फिल्म निर्देशक दयाराम दाहाल कविता लेखकका रुपमा पाठक माझ आएका छन् । दाहालद्वारा लिखित कवितासंग्रह ‘शब्द-संग्राम’ बजारमा आएको छ । हुनत् निर्देशक दाहाल फिल्मको कथा र गीत लेखन विधामा पहिले देखि नै सक्रिया थिए ।
गत शुक्रबार राजधानीको गहना पोखरी क्याम्पियन काठमाण्डौं सेकेण्डरी स्कूलमा आयोजना भएको एक कार्यक्रमका बीच रक्षामन्त्री इश्वर पोखरेलको प्रमूख आतिथ्यमा संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, बरिष्ठ साहित्यका रोचक घिमिरे, अभिनेता निखिल उप्रेतीले दाहालद्वारा खिखित कविता सग्रह ‘शब्द(संग्राम’ लोकार्पण गरेका छन् ।
‘नेपाली चलचित्र क्षेत्रका एक गह्रौं नाम हो, दयाराम दाहाल । थुप्रै राम्रा फिल्म बनाउंनु भएको छ, अहिले कविता पनि देश, जनता अझ बिशेषगरी राजनीतिक गर्ने मासिनहरुका लागि कविता सग्रह ‘शब्द(संग्राम’ प्रकाशित भएको अनुभुत गरेको छु’ कार्यक्रमका बीच बोल्दै मन्त्री पोखरेलले सुनाए ।
डिकुरा पब्लिकेशनद्धारा प्रकाशित ‘शब्द संग्राम’ मा निर्देशक तथा लेखक दाहालले आफ्नो चलचित्र क्षेत्रको शरुवाती काल खण्ड देखि वर्तमान अवस्था सम्मको कुराहरु उतारेका छन् । २५० रुपैया पर्ने झण्डै एकसय पचार पृष्ठको कविता सग्रह पाठकहरुले पढ्नै पर्ने साहित्यकारद्वय रोचक घिमिरे र डा. कृष्णहरी बरालले सुनाए ।