मोफसल टुरमा निस्कियो ‘शत्रुगते’ टिम
आउँदो चैत ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘शत्रु गते’ टिमे मोफसल प्रचारमा निस्किएको छ । ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले रहेकाछन् ।
टुरमा स्थानीय दर्शकलाई विभिन्न प्रस्तुति समेत पस्किने छन् । टुर २३ गते देखि ३० गतेसम्म चल्नेछ । टुर २३ गते हेटौडा, २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र ३० गते इटहरीमा हुनेछ ।
फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको हो भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् ।
यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्मको रुपै मोहनी गीत र प्रोमोले चर्चा पाइरहेको छ ।