find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पुराना फिल्मको डिजिटाईजेशन तथा रेष्टोरेशन हुन

चलचित्र विकास वोर्डले पुराना नेपाली चलचित्रलाई डिजिटाईजेशन तथा रेष्टोरेशन गर्ने भएको छ । पुराना फिल्मको संरक्षण र सुरक्षित गर्ने उद्देश्यले वोर्ड अध्यक्ष निकिता पौडेलले यस प्रणालीको सुरुवात गरेकी हुन् ।

सबैभन्दा पहिलो नेपाली चलचित्र आमा सहित अन्य १२ वटा चलचित्रलाई पहिलो चरणमा डिजिटाईजेशन गरिने वोर्ड अध्यक्ष पौडेलले बताइन् । पुराना रिल प्रविधिबाट बनेका चलचित्रहरू खुइलेर जानसक्ने भएकोले त्यसलाई नयाँ डिजिटल प्रविधिमा रूपान्तर गरी संरक्षण गर्न लागिएको पनि उनले बताइन् ।

डिजिटाईजेशन प्रविधिबाट पुराना चलचित्रलाई आधुनिक प्रविधिमार्फत हेर्न सकिनेछ । पुराना चलचित्रहरुलाई डिजिटाईजेसनको प्रक्रियामा लैजान विकास वोर्डले यसअघि नै एउटा समिति बनाएको थियो । समितिले पुराना चलचित्रहरुलाई क्रमशः डिजिटलाईजेसन प्रक्रियामा लैजान सिफारिस गरेको छ ।

डिजिटाईजेशन भएपछि सबै १६ एम.एम. र ३५ एम. एम. का चलचित्रहरु अब २ के. र ४ के. फर्म्याटमा ल्याउन सकिनेछ । साथै नेपाली चलचित्रको गौरवमय ईतिहासलाई आम सर्वसाधारणसम्म पुर्याउन चलचित्र संग्रहालयको पनि स्थापना गर्ने प्रक्रियाको थालनी भएको वोर्डले जनाएको छ ।
पहिलो नेपाली फिल्म आमा देखि के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, परालको आगो, कुमारी, मनको बाँध, परिवर्तन, हिजो आज भोली, विश्वास, र शान्ति दीपजस्ता चलचित्र डिजिटाईजेशन हुनेछन् ।

आगामी असार १६ गते चलचित्र विकास वोर्डको वार्षिकोत्सवमा नेपाली चलचित्रको निमार्ण, उत्पादन शुरु भएको ५० वर्ष नाघेको स्वर्णकालको उपलक्ष्यमा सप्ताव्यापी रूपमा ती चलचित्रहरूलाई फिल्म फेस्टिवलको रूपमा प्रदर्शनी समेत गर्ने तयारी वोर्डले गरेको छ । पूराना चलचित्रलाई डिजिटाईजेशन गरी एक सातासम्म प्रदर्शन गर्न लागेको अध्यक्ष निकिता पौडेलले बताइन् ।

बक्स अफिस प्रणाली, दोलखा जिल्लामा फिल्म सिटिको शिलान्यस जस्ता स्वागतयोग्य कार्यले वोर्ड अध्यक्ष पौडेल प्रशंसाको पात्र बनिरहेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha