find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पञ्चायत’ मा नीताको प्रशंसा : प्रिमियरमा नेताको लर्को

चैत २ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पञ्चायत’ को शुक्रबार भव्य प्रिमियर गरिएको छ । पञ्चायत कालको छाउ प्रथालाई मुख्य विषय बनाइएको फिल्म हेर्न पुर्व प्रधानमन्त्री, मन्त्रीदेखि विशिष्ठ व्यक्ति उपस्थित थिए । भिडियो हेर्नुस् :

‘पञ्चायत’ हेरेपछि पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फिल्मले पञ्चायत कालको ¬सामाजिक साँस्कृतिक चित्रण गर्न सफल भएको बताए । अर्का पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले फिल्म यथार्थ, रोचक र मार्मिक भएको उल्लेख गरे ।

पुर्व अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुन, अनन्तले पुरानो इतिहास र समाज चित्रण गरेको भन्दै नयाँ पुस्ताले त्यो बेलाको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठुलो कुरा भएको उल्लेख गर्नुभयो । पुर्व उर्जामन्त्री एवं माओवादी केन्द्रका अर्का नेता जनार्दन शर्मा, प्रभाकरले पुरानो भएपनि नेपाली समाजले भोगेको कुरा देखाउन खोजेको भन्दै कलाकारको मेहनतको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘हृदयविदारक दृष्य प्रस्तुत गरेको छ धेरै राम्रो छ ।’

नेकपा एमालेका युवा नेता योगेश भट्टराईले नेपाली समाज त्यसमाथिपनि ग्रामिण भेगको थुप्रै घटना फिल्म पाइएको बताए । नेपाली काँग्रेसका नेता तथा पुर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले शक्तिशाली विषय बस्तुमा फिल्म बनेको भन्दै तारिफ गरे । फिल्ममा घटेका घटना अब समाजमा घटन् नहुने सन्देश दिन खोजेको आफुले पाएको रिजालको भनाई थियो ।

‘पञ्चायत’ प्रिमियर मा उद्योग मन्त्री मातृकाप्रसाद यादव, पुर्व सभामुख ओनसरी घर्ती मगर, माओवादी केन्द्रका नेता नारायण दाहाल, काँग्रेस नेतृ उमा रेग्मी, प्रहरी अधिकारीहरु सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशी लगायत उपस्थित थिए ।प्रिमियरमा अभिनेता सरोज खनाल, नायिका नीता ढुंगाना, जान्ह्वी बस्नेत, निर्माता कलाकार गणेश गिरी फिल्मको पात्रकै पहिरणमा उपस्थित थिए । प्रिमियरमा कलाकारले प्रशंसा पाए । चौध वर्षिय किशोरीको भूमिकामा प्रस्तुत भएकी नायिका नीताले वाही वाही पाइन् ।

शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको पञ्चायत गणेश गिरी, सुसान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा बनेको हो भने कार्यकारी निर्मातामा सञ्चारकर्मी रवि अधिकारी हुन् । फिल्ममा रुपा राना, गीता अधिकारी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारीको पनि अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha