सन्तोष पन्तसँग ‘चौका दाउ’ खेल्दै विल्सन
अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाका छोरा सौर्यजीव बासकोटाले फिल्म ‘चौका दाउ’ निर्माण गर्ने भएका छन । फिल्ममा संगीतकार बास्कोटाको कथा र संगीत रहनेछ ।
बरिष्ठ संगीतकार बासकोटाको जन्मदिनको अबसर पारेर बिहिबार यो फिल्मको निर्माण घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै बासकोटाले यो मनोरञ्जन प्रधान समाजिक फिल्म हुने जानकारी गराए । बैशाखबाट छायाँकन सुरु गरिने यो फिल्मलाई आगामी तिहारमा रिलिज गरिने उनले बताए । यसअघि आठ ओटा फिल्ममा कथा लेखिसकेका बासकोटाले चौका दाउ आफ्नो कथामा मा निर्माण हुन लागेको नवौं फिल्म हो भने । ‘चौका दाउ’लाई पूर्णेन्दु झाले निर्देशन गर्दैछन् । यस अघि फिल्म संरक्षण निर्देशन गरेका झाले दाउ फरक रहेको र हास्यप्रधान प्रेमकथामा आधारित भएको बताए ।
‘चौका दाउ’का कलाकारहरुमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह चयन भैसकेका छन् । यस्तै निर्मल शर्मा, प्राज्ञहरु रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि बिशेष भूमिकामा रहेको जानकारी गराईयो । यसका नायक र नायिका भने पक्का भएका छैनन् ।
निर्माताहरुमा मनोजराज भण्डारी र सौर्यजीत बासकोटा छन् । जसमा दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ । यस्तै बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत छ ।