‘पञ्चायत’ र ‘डेस्टिनेशन काठमाण्डू’बिच हलमा प्रतिस्पर्धा
यो शुक्रबार तीन नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । ‘पञ्चायत’, ‘डेस्टिनेशन काठमाण्डू’ र ‘गल्ली’ गरी तीन फिल्महरु प्रदर्शनमा आएका हुन् । तीन मध्ये दुई फिल्महरु पञ्चायत र डेस्टिनेशन काठमाण्डू बारे छोटो चर्चा गरौं :
पञ्चायत
स्क्रिप्ट राइटर शिवम अधिकारी निर्देशित ‘पञ्चायत’ मा अभिनेता सरोज खनाल र नायिका नीता ढुंगानाको मुख्य भूमिका रहेको छ । फिल्मको कथा सरोज र नीताकै वरिपरी घुमेको छ । पञ्चायत कालमा एक किशोरी माथि मुखियाले राखेको यौन सम्बन्ध र त्यसपछि उत्पन्न हुने अवस्थालाई ‘पञ्चाायत’ले देखाउँछ । सुशान्त श्रेष्ठ, शंकरप्रसाद सुवेदी र रवि अधिकारी निर्मित फिल्ममा सरोज र नीतासँगै रुपा राना, गणेश गिरी, गीत अधिकारी, जाहन्वी बस्नेत लगायत कलाकारहरुको अभिनय रहेको छ । गत साता गरिएको प्रिमियरमा विभिन्न राजनीतिक दलका शिर्ष नेताले पञ्चायको प्रशंसा गरेका थिए । भिडियो हेर्नुस् :
डेस्टिनेश काठमाण्डू
‘डेस्टिनेश काठमाण्डू’ निर्देशक स्व.दिपक रायमाझीले निर्देशन गरेको अन्तिम फिल्म हो । निर्माण भएको लामो समयपछि यो फिल्म प्रदर्शनमा आएको छ । फिल्ममा अभिनेता दीलिप रायमाझी, अभिनेत्री झरना थापा, अष्ट्रेलियन नायिका सहारा मावबे, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रवी गिरी, विकाश चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मि भट्ट, रोशनी सापकोटाका साथै बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिषा लामिछाने प्रमुख भूमिकामा रहेका छन् । फिल्मले दुई देशबिचको कला, संस्कृति र प्रेमलाई देखाउन खोजेको छ । फिल्मका निर्माता शरद अधिकारी हुन् । नीता र जाहन्वीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :