धमलालाई लिएर एलिजाले ‘अनुराग’को प्रचार गर्ने
सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमले फिल्म ‘अनुराग’ निर्माण गरेकी छन् । म्युजिकल लभ स्टोरी फिल्ममा उनले लिड हिरोइन भएर अभिनय समेत गरेकी छन् । एलिजा आफ्नो फिल्मको व्यापक प्रचार गर्ने सुरमा छिन् । त्यसैले जहिल्यै चर्चामा आउने पति धमलालाई प्रचारमा लिएर हिंड्ने उनको योजना छ । हेर्नुस् भिडियो :
‘समय मिल्यो भने म पनि जान्छु’, धमला भन्छन्, ‘अनुराग सबैले हेर्नुपर्छ ।’ प्रचारमा मात्रै होइन पतिको चर्चित शो धमलाको हमलामा पनि एलिजाले जाने सोच बनाएकी छन् । तर धमला भन्छन्, ‘यो सब समयले बताउँछ ।’ जेठ ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको म्युजिकल कन्सर्ट गर्ने योजना टिमको छ । सत्यराज आचार्यको डेव्यु निर्देशन रहेको फिल्म अनुराग मा समुन्द्र पण्डित मुख्य हिरोको रुपमा प्रस्तुत भएका छन् ।