सोलो रिलिजको फाइदा, ‘शत्रुगते’ लाई उच्च शो
मह सञ्चारको ब्यानरमा किरण केसीले निर्माण गरेको फिल्म ‘शत्रुगते’ लाई सोलो रिलिजको फाइदा पुगेको छ । चैत ९ गतेदेखि प्रदर्शनमा आउने यो मल्टीस्टारर फिल्मले सर्वाधिक हल संख्या पाएको छ । यो शुक्रबार नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आउने छैनन् ।
देशभर एक सय बढी हल पाएको प्रदीप भट्टराई निर्देशित ‘शत्रुगते’ ले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २८ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो, सिने डी सेफमा १०, बिएसआर मुभिजमा ८ र क्युज सिनेमाजमा ७ शो पाएको छ । बुझिए अनुसार शुक्रबार र शनिबारको टिकट बुकिंग राम्रो भैरहेको छ । पल र आँचलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :
फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ शत्रुगते मा मह जोडी सहित दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्माको मुख्य भूमिका रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । छायाँकन दिर्घ गुरुङले गरेका हुन् । टंक बुढाथोकीको संगीत रहेको रुपै मोहनी हिट भैरहेको छ । दिपक र प्रियंकासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :