नरेशको गीतमा सुनिल र कविता डान्स (भिडियो)
गायक नरेश जोगी र शिक्षा ढुंगेलको स्वर रहेको ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ नम्बर गीतमा भारतको चर्चित रियोलिटी शो डान्स इन्डिया डान्सबाट चम्किएका नेपालीभाषी सुनिल क्षेत्री र बुगीवुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपाली फिचर्ड छन् ।गीतको भिडियो हेर्नुस्ः
गायक नरेश कै शब्द तथा संगीत रहेको गीतमा विशाल निरौलाले संगीत समायोजन गरेका छन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन हुन् । निश्चल केसीले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई शिशिर केसीले निर्देशन गरेका छन् ।
यसैगरी यो गीतको निर्माण समुहले भिडियो सार्वजनिकसँगै यो गीतमाथि उत्कष्ट कभर भिडियो बनाउने दुईजना र उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई पुरस्कृत गर्ने समेत निर्णय गरेको छ । उत्कृष्ट भिडियो बनाउनेमध्ये पहिलोलाई दुई लाख रुपैयाँ र दोश्रोलाई एक लाख रुपैयाँ दिइने छ भने उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई ५० हजार रुपैयाँ नगद पुरस्कार समेत दिइने छ । भिडियो जुलाई १५ सम्म पठाइसक्नुपर्ने युटुबमै उल्लेख छ ।