अराज केशवले गाए हिन्दी गीत (भिडियो)
गायक तर्था यापर अराज केशवले हिन्दी भाषाको गीतमा पनि स्वर दिएका छन् । उनको हिन्दी गीत ’आ भि जा’ केहि समय पहिले भारतको म्यूजिक कम्पनी डिजिट्युन्स मार्फत रिलीज भएको थियो । गीत हेर्नुस् :
यो गीत अराजको नेपाली भर्सन ’आउँछ्यौ की’को हिन्दी भर्सन हो । शब्द, संगीत तथा स्वर आफ्नै रहेको गीतमा एक भिडियो पनि बनेको छ । रवि चन्द र निशा सुवेदीको अभिनय रहेको भिडियोमा अराज आफ्नै निर्देशन रहेको छ भने भिडियो सम्पादक मनोज कार्की हुन् ।