आर.के खत्रीको ‘सिङ्गल छु’ सार्वजनिक (भिडियो)
गायक आर.के खत्रीको नयाँ गीत सार्वजनिक भएको छ । नविन प्रभातको शब्द रहेको ‘सिङ्गल छु’ बोलको गीतमा खत्री स्वयम्ले संगीत भरेका छन् । गीतको एरेन्ज रिकेश गुरुङको हो । प्रस्तुत गीतको भिडियोमा भिमफेदी गाइज र अलिशा राईको नृत्य रहेको छ । गीतको भिडियो हेर्नुस् :
भिडियोमा गायक खत्रीलाई पनि देख्न सकिन्छ । भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफी र निर्देशन गरेको गीतको भिडियोमा छायाङ्कन र सम्पादन पवन सुस्लिङको रहेको छ । यस अघि आर.के खत्रीको ‘सुन सान रातमा’, ‘हेरन’, ‘रातो लिपिस्टिक’, ‘तिमी भन्छौ मलाई’, ‘एक बोत्तल’ लगायत गीत सार्वजनिक भईसकेका छन् ।