‘शुभ लभ’ जोडी भन्छन्, ‘हामीले मिहेनत गरेका छौं’
फिल्म ‘शुभ लभ’ शुक्रबार, चैत १५ गते देखि प्रदर्शनमा आएको छ । फिल्ममा युवा ज्योतिष हरिहर अधिकारी ज्योतिष कै भूमिकामा छन् । उनको अपोजिटमा नव नायिका क्रिष्टिन पौडेल प्रस्तुत भएकी छिन् । हरिहर र क्रिष्टिनसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :
हरिहर आफ्नो भूमिका बारे भन्छन्, ‘यो फिल्ममा मेरो पेसा मिल्दोजुल्दो छ । फिल्ममा एक्सन, रोमान्स छ जुन मेरो जीवनमा छैन ।’ साथै उनले फिल्म निर्माण गर्न निकै अनुसन्धान गर्नु पर्ने बुझेको बताए । नायिका पौडेल थप्छिन्, ‘फिल्ममा सबैले निकै मिहेनत गरेको छौं । पहिलो फिल्म हो त्यसैले अली नर्मस भएको छु ।’ यो भिडियो पनि हेर्नुस् :
डेब्यु फिल्म कस्तो हुने चिन्ता जनाउँदै उनले भविष्यमा जस्तो पाए त्यस्तै फिल्म नखेल्ने खुलाइन् । उनले भनिन, ‘म फिल्म क्षेत्रमा निरन्तरता दिने हिसाबले नै आएको हो । तर जस्तो पायो त्यस्तै फिल्ममा काम गर्दिंन । शुभ लभमा मेरो भुमिका एकदमै फरक रहेको छ । बलियो भूमिका पाए भने अरु फिल्मको बारेमा पनि सोच्छु ।’
प्रदीप कुमार उदय प्रस्तुतकर्ता रहेको फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । फिल्ममा हरिहर र क्रिष्टिनसँगै सरोज खनाल, राजाराम पौडेल लगायत कलाकारहरुको अभिनय छ ।