‘सारेगमप’को सेमिफाइनलमा नेपालका प्रितम र आयुष
भारथतको प्रतिष्ठित साँगीतिक रियालिटी शो ‘सारेगमप’ मा दुई नेपाली बाल गायक सेमिफाइनलमा पुगेका छन् । नेपालका बालगायकद्वय प्रितम आचार्य र आयुष केसीले शुक्रबार फेसबुक मार्फत सारेगमप को सेमिफाइनलमा पुगेको जानकारी गराएका हुन् ।
भारतीय गायन रियालिटी कार्यक्रम ‘सारेगमप’ जी टिभीबाट शनिबार र आइतबार प्रशारण हुन्छ । सेमिफाइलनमा प्रितम र आयुषले अन्य चार प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी हुँदै आएका छन् । सारेगमपको यो संस्करणमा प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट अन्य ८ जना सहभागी भएका थिए।
१२ वर्षका आयुष र ११ वर्षका प्रितम कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएपछि उनीहरु टप ३० मा पुगेका थिए । आयुष र प्रितम २०७२ सालमा आयोजना भएको शुरशाला जुनियर आइडलका प्रथम र द्वितीय विजेता हुन् । के उनीहरुले सारेगमपको उपाधी जित्लान् ?