एलओडीमा आयोजित नेहाको कार्यक्रम विवादमा, आयोजक पक्राउ
शनिबार ठमेल स्थित एलओडी (लर्ड अफ ड्रिङ्गस)मा पारामाउन्ट इन्टरटेन्मेन्ट प्रा.लि.ले आयोजना गरेको चर्चित भारतीय गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा फसेको छ ।
२५ सय दर्शक क्षमता भएको क्लबमा आयोजकले क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादमा परेको हो । क्षमता भन्दा बढि दर्शक आएपछि दर्जनौं दर्शक क्लब बाहिर बस्न बाध्य भएका थिए । काठमाडौं प्रहरी परिसर टेकुको टोलीले आयोजक संस्थाका दीपक घिमिरे, रविन श्रेष्ठ र अर्का एक व्यक्तीलाई पक्राउ गरेको छ । कन्सर्टका लागि २,५०० इन्ट्री फि देखी टेवल बुक गर्दा २,५०,००० सम्मको रेट राखिएको थियो ।
परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पीडितले टिकट बराबरको रकम फिर्ता पाउनु पर्ने माग गरेका छन् । सञ्चालकसँग र पिडक पक्षबीच टिकट बराबरको पैसा फिर्ता गराउने बारे छलफल भइरहेको बुझिएको छ । छलफलबाट निष्कर्ष ननिस्किए मुलुकी अपराध संहिताको ठगी कसुर अन्तर्गत पक्राउ परेकामाथि कारबाही हुनेछ ।