रेखाले गरिन् नम्रताको प्रशंसा, मिलेर फिल्म बनाउने !
नायिका नम्रता श्रेष्ठले ‘जाइरा’ मार्फत पहिलो पटक एक्सन गरेकी छिन् । उनी लभ स्टोरी फिल्ममा देखिदै आएकी थिइन् । यो फिल्म नम्रताको लागि नयाँ प्रयोग हो ।
यस्तै ‘जाइरा’ मा नम्रताले गरेको एक्सन लाई एक्सन लेडी रेखालाई मन परेछ । उनले ‘जाइरा’को टिजरमा नम्रताको एक्सनले आफ्नो ध्यान खिचेको बताइन् । ‘मलाई जाइरा टिजर र नम्रताको एक्सन मन पर्यो’, रेखाले भनिन् । यता नम्रताले भने आफुले कसैको सिको नगरेको बताउँदै भनिन्, ‘मलाई यो फिल्मको छायांकनको बेलामै तिमीले ठिक गरेनौं भन्ने प्रतिक्रिया आएको थियो । लभ स्टोरी फिल्म खेल्नु पर्ने मान्छे कहाँ एक्सन तिर लागेको भन्ने कुरा आइरहेको थियो । तर मैंले आफुले के गर्न सक्छु भनेर एक्सन गर्ने कोसिस गरेको हो ।’
रेखा थापा र नम्रताको चिनजान भने निकै लामो समयदेखिको हो । रेखा थापा मिस कोशी हुँदा भेटेको पल सम्झिदै नम्रताले भनिन्, ‘उहाँ मिस कोशिमा सहभागी हुँदा म ट्रायल मोडल थिए । त्यति बेला प्रशान्त ताम्राकार कोरियोग्राफर र करिश्मा दिदी जुरी मेम्बर हुनुहुन्थ्यो । रेखा दिदीले सेतो सारी लगाएर पागलको अभिनय गर्नु भएको थियो । मलाई चै उहाँले फिल्म खेले पनि हुन्थ्यो भन्ने लागेको थियो । तर रेखा थापा हो भनेर थाहा थिएन ।’
रेखाले नम्रता अभिनित फिल्म ‘मेरो एउटा साथी छ’को एउटा गीतमा नृत्य गरेकी छिन् । उनीहरुले सँगै फिल्म खेल्न चाहना हुँदा हुँदै पनि अवसर नजुरेको बताए । नम्रताले भनिन्, ‘हामी दुवै जनालाई दिदी बहिनीको भुमिकामा एउटा फिल्म प्रस्ताव आएको थियो । भारतिय मेकरहरुले राम्रो स्टोरीको फिल्म प्रस्ताव गर्नु भएको थियो । तर त्यो फिल्म नै बनेन ।’
नम्रताले आफ्नो ब्यानरबाट दर्जन बढी फिल्म बनाइरहेकी छिन् भने नम्रता पनि फिल्म निर्माणमा अगाडी बढ्दैछिन् । के रेखा र नम्रताले मिलेर फिल्म बनाउँलान् त ?