‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर
आगामी माघ ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ५६ सेकेण्डको ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ। प्रोमो हेर्नुस् :
पहाडी मूलकी सृष्टिलाई मधेसी मूलका नाजिरले कोठामा बन्धक बनाएर राखेपछिको अवस्थाबाट सुरु ट्रेलरमा नाजिर र सृष्टिको नृत्यसँगै पहिचानको विषयलाई जोड दिइएको छ । नाजिरले तराईमा बस्ने नेपाली समुदायलाई अझै पनि भारतीयका रुपमा चित्रण गर्ने गरेको गुनासो ट्रेलरमा गरेका छन् । ट्रेलरमा मिथिला संस्कृतिलाई पनि स्थान दिइएको छ ।
फिल्ममा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा छन् । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।
फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।