जुलाइमा ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ हुने
केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्य नारायण झा काठमाण्डौका संगीत प्रेमी माँझ गुन्जिने भएका छन् । जुलाईको पहिलो साता आदित्य राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन ।
’आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् । गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । सारेगमपा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ’कुसुमे रुमाल २’ मार्फत पाश्र्व गायकको रुपमा डेब्यु गरेका थिए ।
रंगीला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् भने उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए । क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ । कार्यक्रमकै समयमा टिकेट खरिद गर्न गएमा यसमा ५ सय थप लाग्ने समेत आयोजकले जनाएको छ ।
बलिउडमा प्राय पार्श्व गायकको गीत गाउँन सक्ने मानिने आदित्यले केहि दिनमै भिडियो संदेश मार्फत सम्बोधन गर्ने समेत आयोजकले जनाएका छन् ।