find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शम्भु राईलाई भेटेपछि प्रकाश सपुतले लेखे, ‘म विचलित भएको छु’

गीत विवादमा जातिय मुद्धा मिसिएपछि गायकद्वाय शम्भु राई र प्रकाश सपुतले भेट गरेका छन् । गायक तथा संगीतकार राईसँगको भेटघाट पश्चात् प्रकाश सपुतले आफ्नो फेसबुकमा लामो लेख पोस्ट गरेका छन् । शम्भु राईको देउसी भैलो गीत सँग आफ्नो ‘गलबन्दी’ गीत मिलेको प्रसंगलाई टुंग्याएपछि मात्रै आफु विरुद्ध आएको जातिय विभेद विरुद्ध प्रकाशले उल्लेख गरेका छन् ।

पढ्नुस्, प्रकाश सपुतको स्टाटस : समय समयमा यसरी अपत्यारिलो रुपमा समाजमा उठेका विषयहरु माथी बहस हुन जरुरी छ ! यसले परिवर्तनका निम्ती ठुलो भुमिका खेल्छ । जस्तो ः नेपालमा गित संगितको औपचारिक रेकर्ड र व्यवसाय शुरु भएको यतिका वर्ष सम्म पनि कपिराईट सम्बन्धि स्पष्ट कानुन नहुनु दुःखद कुरा हो । त्यसैले कपिराईट सम्बन्धि वृहत बहस हुनु जरुरी छ । नयाँ र स्पष्ट कानुन बन्नु जरुरी छ । लोक गितको विषयमा त झन गम्भिर हुनु जरुरी छ । किनकि यो बौद्धिक सम्पति मात्रै नभएर राष्ट्रको पहिचानसँग जोडिएको विषय पनि हो । जातिय विभेद सम्बन्धि अझै ठुलो बहस हुनु जरुरी छ । यो समयमा पनि जातिय बिषयमा वहस गर्नु पर्ने लडार्इं गर्नु पर्ने बाध्यता आधुनिक विश्व समाजमा नेपालको लागि सारै लाजमर्दो र दुर्भाग्य पुर्ण कुरा हो । यो हाम्रो नियति हो । हाम्रो चेतना स्तर र अन्धविश्वासको उपज हो । कतै पँधेरामा तर्काएर कतै समाजिक सञ्जालमा होच्याएर गरिने विभेदका नयाँ नयाँ ठाउँ, शैली र सोचका विरुद्धमा बोल्न जरुरी छ । सोहि अनुसारको कानुन बन्न र कार्यान्वन हुन पनि जरुरी छ । यो दुईवटै विषयको बहसलाई जारी राखौ र निरन्तरता दिउँ ।

एउटा टुङगो मा पनि पुर्याउँ । त्यसमा अझै मिल्छ भने यो सामाजिक सञ्जालको विषय पनि थपौं तर ! तर अलिक समय लिएर एउटा ठुलो समुहले अझै भनौं राज्य स्तरले छलफल र बहस गर्नु पर्ने यि गम्भिर विषयहरुमा एउटा सम्मानित जिवन बाँचिरहेको अग्रज स्रष्टाको आत्मसम्मान र आँखा भरी सपना र उर्जा लिएर आएको अर्को स्रष्टाको सिर्जनशिल समय वर्वाद हुँनु हुँदैन भन्ने हो । अरु जस्तै हाम्रो पनि सामान्य जिवन यापन र परिवारमा ठुलो समस्या आउनुत भएन नी । त्यसैले पहिला यो मुख्य समस्या जे हो त्यसलाई टुङ्गोमा पुर्याउने हो कि ? व्यक्तिगत रुपमा यो समस्या समाधान गरे पछि मात्रै संगीत सम्बन्धि श्रष्टाहरु, संस्थाहरुसँग बसेर कपिराईट सम्बन्धि छलफल र बहस गर्ने र जातिय रुपमा विभेद भोगिरहेका आफ्नो समुदायसँगै मिसिएर आवाज उठाउने प्रण गर्दछु । त्यसैले फेरी एक पटक स्पष्ट भन्छु – नआउनु समस्या आईहाल्यो यसले यदि भेगिय जातिय राजनीतिक रुप लियो भने दर्शक स्रोताले हामी दुईलाई मात्रै होइन, सम्पुर्ण सर्जक श्रष्टा कलाकारलाई विभिन्न खेमामा बाँडेर हेर्नेछन् । साझा माया र लोकप्रियता सबैको घट्दै जानेछ । त्यसैले व्यक्तिगत रुपमा शम्भु राई सरको कुरा सम्बोधन हुने गरी हामी बिचको समस्या समाधान गर्ने अनि मात्रै यो घटनाबाट उब्जिएका अत्यन्त गम्भिर तर अस्पष्ट विषयहरु माथि तपाईहरु संगै जोडिएर बहसमा बस्ने मनसाय भएको हुँदा बुधवार सम्मका लागि व्यक्तिगत रुपमा मैंले रेस्पोन्स गरिनं, यि विषयहरुलाई ईग्नोर गर्यो, संस्थागत भएन जस्ता गुनासाहरु नगरिदिनु होला ।

पहिलो कुरात म मानसिक रुपमा एकदमै विचलित भएको छु अन्य विषयहरुमा ध्यान जान सकेको छैन । अर्को कुरा म चाहन्छु कुनै भेगिय, जातिय, धार्मिक र राजनैतिक प्रभाव नपरिकन सकेसम्म संगीत सम्बद्ध संघसंस्था, संगीतकर्मीहरु र रजिष्टार्ड कार्यलयको रहोबरमा यो भाका विवाद मिलोस् । हालको यो संगीतको मुद्दालाई संगीतकै तर्कमा ढालौं । खासमा यो सामाजिक सञ्जालका कुरा तातिन्छ र सेलाउँछ भनेर यसलाई मैंले सामान्य रुपमा लिएको थिएँ । तर यसले व्युत्पन्न गरेका विषयहरु असामान्य बन्दै गईरहेका छन । त्यसलाई समाधान गर्नै पर्छ । शुभेच्छा दिनुहुने तपाईहरु सबै सबैप्रति कृतज्ञ छु । कृपया विषय प्रसंगलाई जटिलता तर्फ भन्दा पनि समाधानका लागि सकरात्मक र रचनात्मक भुमिका खेल्नुहुन तपाईहरु सबै सबैमा अनुरोध छ । एकबारको जुनिमा खुसीले बाचौं । मिलेर बसौ । धन्यबाद ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha