फेसन स्टाईल : आर्यन, जीवनदेखि पलसम्मको रोजाई
आर्यन सिग्देल, जीवन लुईंटेल, पल शाह, अनुपविक्रम शाही, आर्यन अधिकारीको फेसन शैलीबाट तपाईं पक्कै पनि प्रभावित हुनुहुन्छ होला । यी नायकले ज्यानलाई सुहाउँदो कपडा कहाँबाट लगाउँछन् त ? तपाई धेरै पर जानै पर्दैन, पुतलीसडकमा रहेको युनि वयर सपमा यी नायकहरु कपडाहरु खरिद गरेर लगाउँने गर्दछन् ।
‘सुरुमा आर्यन दाई आउनु भएको थियो’, युनि वयरका मालिक सुजन सुवेदी भन्छन्, ‘अहिले धेरै नायकहरुको रोजाइको ठाउँ भएको छ ।’ कसरी त ? उहाँहरुले खोजे र रोजे जस्तो सबै कपडाहरु यहाँँ पाइन्छ सुजनको भनाई छ । विशेष गरी त्यहाँबाट नायकहरुले कोट, आउटर, जिन्स र जुत्ता लैजाने गर्दछन् । सुटिगंको लागि नायकहरुले भाडामा समेत कपडा लैजाने गरेका छन् ।
उसो त नायक मात्र होइनन्, निर्देशकहरु सुदर्शन थापा, दिनेश राउत, कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, संगीतकार अर्जुन पोखरेल पनि युन वयरका नियमित ग्राहक हुन् ।मुम्बईमा बसेर बालाजी फिल्मबाट उत्पादन हुने टेलिफिल्महरु कसैंटी, कुम कुम भाग्य, पवित्रा रिस्ता, फिल्महरु डर्टी पिक्चर, वन्स अपन अ टाइम इन मुम्बई लगायतमा सहायक सम्पादक भएर काम गरेका सुजन सुवेदीले करिब चार वर्ष अघि वयर सप सञ्चालनमा ल्याएका हुन् ।