find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘खुस्मा’को प्रिमियरमा प्रशंसा, करोड क्लबमा ‘रुकुम मैकोट’

असोज ३ अर्थात् भोली बिहीबारबाट प्रदर्शनमा आउने फिल्म ’खुस्मा’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियरमा फिल्मको प्रशंसा भयो ।

यस्तै फिल्ममा समावेश रुकुम मैकोट गीतको भिडियोलाई एक करोड लाख भ्युज समेत प्राप्त भयो । निर्माण युनिटले करोड क्लबको केक काटेर यस्को खुसीयाली मनायो । भव्य प्रिमियर शोमा सशस्त्र द्धन्द्वकालको कथामा निर्माण भएको फिल्म हेर्न राजनिज्ञ, सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछनाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्धय सलिनमान बनियाँ र आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानिय बासिन्दा पनि सिनेमा हेर्न हल पुगेका थिए ।

सिनेमा हेरेर हलबाट निस्कदै गर्दा सवैले सिनेमा उत्कृष्ट बनेको भन्दै निर्देशक अशोक थापा मगर निर्देशकिय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका थिए । सिनेमा सिनेमा का मगर्ने हरेक कलाकारले उत्कृष्ट काम गरेको उपस्थित पाहुनाहरुको भनाई थियो । प्रिमियर शोमा सिनेमा हेरेका अधिकांशले सिनेमाको कथालाई माओवादी द्धन्द्वको असर भोग्ने सवैले आफैलाई परेको महसुस गर्ने अनुभव सुनाए ।

कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईले खुस्मा हेरिरहँदा केही ठाउँमा आफु निकै इमोस्नल समेत भएको बताइन् । उनले धिरजसँगै सिनेमाकी मुख्य अभिनेत्री उपासनाको अभिनयको पनि तारिफ गरिन् । प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले खुस्मा सिनेमा जस्तो नभई एउटा दस्तावेज जस्तो भएको बताए । ‘खुस्मा खासमा भन्दा दस्तावेज नै हो । निर्देशक अशोक जीले पहिलो पटक सिनेमा निर्देशक गर्नु भाको भन्ने कुरा विश्वास नै लागेको छैन् । किनभने सिनेमा हरेक एङगलबाट प्रस्टसँग प्रस्तुत गर्नुभाको छ । मैले आजसम्म २०/२५ वटा सिनेमाको प्रिमियर शोमा आइसेक हरेक फिल्ममा म राम्रो छ हेर्दिनुहोला मात्र भन्थे । यसमा के छ भने एकदमै दम छ । एक पटक तपाईले सिनेमा हेर्नु भएन भने तपाईले २०५२ सालपछिको नेपाल नै बुझ्नु हुन्न’, उनले भने ।

‘एक जना सामान्य मान्छेको जीवनमा राज्य पक्ष र विद्रोही पक्षबाट केकति असर पर्यो भन्ने कुरा स्पष्ट रुपमा देखाउनु भएको छ । सिनेमा हेरिरहँदा यो सिन पशचात यो सिन आउला भन्ने कल्पनासम्म गर्न सक्नुहुन्न । लाकुरीको रुख र गिद्ध उडेको लगायत विभिन्न दृश्यबाट सिनेमाको सरल सवैले देखे भोगेको कुरालाई सिनेमामा प्रस्तुत गरिएको छ’, सांसद शाहीले भने ।

निर्देशक निश्चल बस्नेतले खुस्माबाट निर्देशक अशोक थापा मगरले जे चिज भन्न खोज्नु भएको थियो । त्यसलाई मज्जाले प्रस्तुत गर्नु भएको छ । उहाँ आफैले सिनेमा लेख्नु पनि भएको छ । सम्पादन पनि आफै गनु भएको छ त्यसैले पनि सिनेमा निर्देशक ज्युले आफूले चाहेको जस्तो बनाउन सक्नु भएको होला । कलाकारमा उपसनाको काम अत्यन्तै राम्रो छ । त्यससँगै धिरजले पनि अभिनयमा आफुलाई अब्बल साबित गरेका छन् । अन्य कलाकारहरुले पनि निकै राम्रो काम गरेकाले खुस्मा एकपटक सवैले हेर्नै पर्ने सिनेमा बनेको छ । यस्तै अभिनेता सलिनमान बनियाालाई पनि सिनेमा निकै मन परेको बताए ।

फिल्म भोलिबाट प्रदर्शनमा आउँदैछ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन् । जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शिर्ष स्थानमा छन् । त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha