find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

तीजका ६ हिट गीत : ‘बिच बिचमा’देखि ‘चिटिक्कै’सम्म

हिन्दु नारीको महान् चाड हरितालिका तिजको रौनक छाईसकेको छ । हरेक वर्ष तिजको रौनक कन्यादान फिल्ममा समावेशी गीत ‘तिजको रहर आयो बरि लै’ बाट सुरुवात हुन्छ । यो गीत गाउँशहरमा गुञ्जिन थालेसँगै तिज आएको आभाष हुने गर्दछ । यो गीत बिना तिज खल्लो हुने धेरै महिलाको भनाई रहेको छ । तिजको लहर सँगै यो साल चर्चामा आएको ६ तीज गीत बारे हामीले यहाँ चर्चा गरेका छौं ।

१.हामी पनि नाच्नु पर्छ बीच बीचमा– दुर्गेश थापा
हरेक वर्ष दुई तीन दर्जन तिज गीत बन्ने गरेका छन् । कुनै गीत तिजको माहोल तताउन सफल भएका छन् भने कति तिज गीत निर्माणमै सिमित रहेका छन् । यो वर्ष तिजको माहोल तताउने गीत दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बीच बीचमा’ हो । यो गीतले पुरुषलाई पनि तिज पर्वप्रति आर्कषक गरेको छ ।

दुर्गेश थापाको स्वर, शब्द तथा संगीत रहेको गीतको आर्कषकको शब्द ‘दिदी बैनी मात्र नाच्छन् जहिले पनि तिजमा, हामी पनि नाच्नु पर्छ बीच बीचमा’ हो । यो गीत सार्वजनिक भएको छोटो समयमै निकै लोकप्रिय भैरहेको छ । बीच बीचमा पोइन्टलाई लिएर निकै टिकटक बने भने युटुबमा ६० लाख ७८ हजार भन्दा माथि भ्युज पाएको छ ।

२.चिटिक्कै भा छु रे– सिन्धु मल्ल
सिन्धु मल्लको ‘चिटिक्कै भा छु रे’ बोलको गीतले पहिल्यै बजार तताएको थियो । उनले यहि गीतलाई रि–एरेन्ज गर्दै यो वर्ष सार्वजनिक गरेकी छिन् । यो गीत पहिला जति लोकप्रिय थियो अहिलेपनि दर्शकले त्यति नै रुचाएका छन् । यो गीतले दर्शकको माया बटुल्दै ६१ लाख ५९ हजार भन्दा बढि भ्युज पाएको छ । सिन्धु मल्लको आवाज रहेको गीतमा नायिका आँचल शर्मा फिचर्ड छिन् । राज कुमार बगरको शब्द रहेको गीतमा सुदम थापाको संगीत रहेको छ ।

३.सुहायो चौपट्टै– पशुपति शर्मा
पशुपति शर्माको ‘सुहायो चौपट्टै’ बोलको गीतले पनि निकै लोकप्रियता भएको छ । पशुपति शर्माले तिजमा गीत निकाल्न थालेको धेरै वर्ष भइसक्यो । दर्शकलाई तिजमा उनको गीत सुन्ने बानी नै परिसकेको छ । यो वर्ष पशुपति शर्माको झन्डै आधा दर्जन जति तिज गीत बजारमा आएका छन् । त्यस मध्ये ‘सुहायो चौपट्टै’ पनि एक हो । यो गीतले हालसम्म युटुबमा ३६ लाख ५४ हजार भन्दा बढि भ्युज पाएको छ । पशुपति शर्माको शब्द तथा संगीत रहेको गीतमा पशुपतिका साथै राजु ढकाल, देवी घर्ती र सुस्मिता घर्तीको स्वर रहेको छ ।

४.अस्ट्रेलिया काण्ड (बिर्सि जाने माया) – पशुपति शर्मा
पशुपति शर्मा र सम्झना भण्डारीको स्वर रहेको ‘बिर्सि जाने माया’ बोलको गीत निकै चर्चामा रहेको छ । अस्टेलिया काण्ड भनेर समेत नामाकरण गरिएको गीतमा गायक पशुपति शर्मा, सम्झना भण्डारी, दिपाशा विसी र विपन ठकुरी फिचर्ड छन् । पुशुपति शर्माको शब्द रहेको गीतमा हरि बिस्टको संगीत रहेको छ । यो गीतले हाल सम्म युटुबमा ४४ लाख १५ हजार भ्युज पाएको छ ।

५.पातली (छिनेको कम्मर)– कला लम्साल
कला लम्सालको ‘छिनेको कम्मर’ बोलको गीतले यो वर्ष बजार तताउन सफल भएको छ । यो गीतलाई टिकटकमा पनि निकै रुचाइएको छ । कला लम्सालको स्वर रहेको गीतमा गायिका कलासँगै करिश्मा ढकाल फिचर्ड छिन् । यो गीतले युटुबमा १६ लाख ८८ हजार भन्दा बढि भ्युज पाएको छ । गीतमा शिव हमालको शब्द तथा संगीत रहेको छ ।

६.पशुपतिमा– खुमन अधिकारी
खुमन अधिकारी र रमिला न्यौपानेको स्वर रहेको ‘पशुपतिमा’ बोलको गीतमा गायक अधिकारीसँगै नायिका सुरक्षा थापा फिचर्ड छिन् । यो गीतले युटुबमा १० लाख ६४ हजार भन्दा बढि भ्युज पाएको छ । बाबुराम बोहराको शब्द रहेको गीतमा गायक अधिकारीले नै संगीत भरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha