ऋचा र दिपेक्षको भव्य रिसेप्सन पार्टी (फोटो फिचर)
गत शनिबार बैवाहिक बन्धनमा बाँधिएका अभिनेत्री ऋचा शर्मा र दिपेक्ष विक्रम राणा बिहिबार फिल्मकमीहरुको लागि रिसेप्सन पार्टी दिएका थिए । उनीहरुको यो दोस्रो रिसेप्सन पार्टी हो ।
उनीहरुलाई विवाहको शुभकामना दिनको लागि राजधानीको ठमेलमा रहेको ‘अलफ्ट होटल’ मा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्माता दीपकराज गिरी, जितु नेपाल, निर्माता माधव वाग्ले, अभिनेत्री प्रियंका कार्की, केकी अभिकारी, श्वेता ख्डका, नम्रता सापकोटा, निर्देशक प्रदीप भट्टराई, मोडल नीति शाह, रीमा विश्वकर्मा, अभिनेता प्रशान्त ताम्राकार, करिष्मा मानन्धर, विनोद मानन्धर, लगायत उपस्थित थिए । पार्टीमा उपस्थिति पाहुनाले सञ्चारकर्मीसँग कुराकानी गर्दै ऋचा र दिपेशलाई विवाहको शुभकामना दिएका थिए ।
कुशल घतानी फोटोग्राफी
ऋर्चाले विवाह गरेपछिको दिनबारे बताउदै भनिन्, ‘अहिले ढोकभेट, उसको (दिपेक्ष) र मेरो रिसेप्सनमै व्यस्त छौं । हामीले परिवारसँग खासै समय विताउन पाएका छैनौं । त्यसमाथि मेरो आमा पनि बिरामी हुनु भएका कारण हस्पिटल धाईरहेको छु ।’
ऋर्चाले रमाइलो पारामा आफ्नो पति दिपेक्षलाई मिडियाको अगाडी हात समातौंन भन्दै अनुरोध गरिन् । पतिको हात समातेपछि उनले भनिन्, ‘मैले सधैंको लागि उहाँको हात समातेको छु । हाम्रो एक अर्काको साथ र साझेदारी यो जुनीको लागि उहाँसँगै छ ।’ दिपेक्षले ऋर्चाको पति हुन पाउँदा खुशी व्यक्त गरे ।
ऋचाले दुलही भएर धेरै फिल्ममा काम गरेकी छिन् । उनले दिपेक्षको घरमा भित्रिएपछि मात्र विवाह भएको महसुस गरेको बताइन् । उनले भनिन्, ‘विवाहमा मिडियाहरु धेरै नभएर पनि रियल विवाह जस्तै लागेको थियो । एक्सन कट भन्ने निर्देशक पनि थिएनन् । तर उहाँको घर भित्रिएपछि मात्र विवाह भएको महसुस भयो । त्यो भन्दा अगाडी के भइराको यो कति लुगा फेर्न पर्ने जस्तो लागेको थियो । उहाँको आमाबुबाले घरमा स्वागत गर्दा चै मेरो विवाह भयो जस्तो लाग्यो । उहाँहरु आफ्नै आमाबुबा जस्तै हुनुहुन्छ । त्यसैले अहिलेसम्म बुहारी भन्ने महसुस भएको छैन ।’
ऋचाको पति लबिम मलका म्यानेजर हुन् । उनीहरुले एक अर्काको पेशालाई सम्मान गर्ने बताए । तस्बिरमा हेर्नुस ऋचा र दिपेक्षको रिसेप्सन पार्टी :