मोबाइलबाट खिचिएको संजीवको ‘हे निष्ठुरी’ (भिडियो)
सांगीतिक समुह ’बफिन्स ९८’ले नयाँ गीत सार्वजनिक गरेको छ । ’हे निष्ठुरी’ बोलको गीत सन् १९९० कालखण्ड अल्टर्ने्िटव ग्रन्ज संगीतबाट प्रेरित छ । यो गीतमा बफिन्स ९८ का संजीव गरुङको स्वर रहेको छ । गीत हेर्नुस् :
रोशन महर्जन (पुर्व गीतारबाधक) र संजीव गुरुङको शब्द रहेको गीतमा गायक गुरुङले नै संगीत भरेका छन् । गीतलाई भर्खरै बजारमा आएको ’आइ फोन १० एक्स एस’बाट खिचिएको हो । फोनबाटै खिचिएपनि भिडियोको क्वालिटी राम्रो छ । ’पछिल्लो समय संगीतबाट सोचेजस्तो आर्थिक लाभ छैन । सर्जकलाई एउटा गीत र भिडियो तयार गर्न थुप्रै रकम खर्चिनु बाध्यता छ । त्यसैले आइफोनबाटै भिडियो निर्माण गरि खर्च कम गर्ने हेतुले यो गीत निर्माण गरेका हौँ । जसले नयाँ सर्जकलाई कम लगानी मै म्युजिक भिडियो निर्माण गर्न सकिन्छ भन्ने संदेश जाने आशा लिएका छौँ ।’ गायक गुरुङले बताए ।
हङकङका रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई हा च्युङले गिम्बल प्रयोग गरि आइफोनद्वारा खिचेका हुन् । भिडियोको निर्देशन तथा सम्पादन जीवन भाईले गरेका हुन । भने, भिजुअल इफेक्ट्सको रमेश गौतमले गरेका छन् ।
२०५५ सालमा पोखराको जनप्रिय क्याम्पसका विद्यार्थीहरु मिलेर ’बफिन्स ९८’ नामक ब्याण्ड सुरु गरेका थिए । यस शिर्षकको अर्थ संगीतका वैज्ञानिक भन्ने हुन्छ । दुई दशक बढीको यात्रामा ’बफिन्स ९८’ले दर्शक माँझ लोकप्रियता कमाइसकेको छ ।
देशभक्ति भावका ओतप्रोत गीतले चिनिने यस ब्याण्डका ’हाम्रो देश नेपाल’, ’म मरे पनि मलाई यो देशको माया छ’, ’शान्तिको गीत’, र ’शहिद’ जस्ता चर्चित छन् । भने, प्रेमगीतमा ’बितिसक्यो त्यो दिन’, ’बुकी फुल’, ’मेरो माया रोधी घरकी’, ’अनन्त सागरमा’, र ’अन्जानैमा बसेछ माया’ दर्शकले अत्याधिक रुचाएका छन् ।
’बफिन्स ९८’ले ’नौलो कृति ( २००१’, ’पहिचान ( २००३’ र ’परावृत ( २०१४’ एल्बम पनि बजारमा ल्याइसकेको छ । समसामयिक गीत तर्फ ब्याण्डका ’रुदैछ कर्णाली भुमि’, ’माघ है आयो’ र ’करोडौँ सन्तान नेपालको’ सार्वजनिक भैसकेका छन् ।