क्रिकेट रंगशालामा रोमान्टिक बने धुर्मुस र सुन्तली (६ तस्बिर)
धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ यहि फागुन ९ गते देखि प्रर्दशन हुँदैछ । उनीहरु पछिल्लो समय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । उनीहरुले सेन्टी भाइरसको ५० प्रतिशत मुनाफा रंगशालामा खर्चिने घोषणा गरेका छन् । फिल्मको प्रर्दशन मिति नजिकिदै गर्दा फिल्मको प्रचार प्रसारमा सहयोग पुग्ने हिसाबले प्रेम दिवसको दिन रंगशालामा क्रिकेट म्याच राखिएको थियो । प्रेम दिवसको दिनमा क्रिकेट रंगशालामै सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) रोमान्टिक अवतारमा देखिए ।
फोटोग्राफी : कुशल घतानी राई