आयंका जोडीको परम्परागत विवाह (१२ तस्बिर)
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी शुक्रबार सामाजिक परम्परा अनुसार विवाह गरेका छन् । उनीहरुले फागुन १५ गते बिहिबार कोर्ट म्यारिज गरेका थिए ।
उनीहरुको विवाहमा केही फिल्मकर्मी, उनीहरुका आफन्त र परिवार उपस्थित थिए । उनीहरुले विवाहपश्चात बेलुका रिसेप्सन पार्टी समेत आयोजना गरेका थिए । उनीहरुले लामो समय प्रेम सम्बन्धमा रहेपछि बिहे गरेका हुन् ।