सुशान्तको ‘सुसाइड’पछि आलिया र करनका फलोअर्स घटे
नायक सुशान्त सिंह राजपुतको आत्महत्या पश्चात् बलिउडमा नातावाद र गुटबन्दीको चर्को बिरोध भैरहेको छ । यसको पहिलो शिकार भएका निर्माता तथा निर्देशक करन जोहर र नायिका आलिया भट्ट छन् ।
आउट साइडर भएकै कारण स्व.सुशान्तलाई करणले बाइकट गरेको भन्दै उनको पुत्ला समेत दहन गरिएको छ । यो सँगै उनलाई ईन्स्टाग्राममा अनफलो गर्नेक्रम पनि बढेको छ । आलियालाई ईन्स्टाग्राममा अनफलो गर्नेको संख्या चर्को छ ।
आलिया भट्टलाई ९ लाख भन्दा बढीले इन्स्टाग्राममा अनफलो गरेका छन् । चार करोड ८९ लाख फलोअर्स मध्ये हाल अलिया भट्टलाई चार करोड ८० लाखले मात्र फलो गरेका छन् । बलिउडमा नातावाद लाद्न करण र आलिया लागि परेको भन्दै उनीहरुको बिरोध भैरहेको हो ।
यस्तै अभिनेता सलमान खानको पनि बलिउडमा पुत्ला दहन गरिएको छ । नायिका कंगना रनोटले बलिउडले योजनावद्ध रुपमा सुशान्तको हत्या गरेको आरोप लगाएकी छिन्, जसमा धेरैले समर्थन गरेका छन् ।