अमिताभ बच्चन र अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ
एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ । १२ दिनअघि कोरोना पोजेटिभ देखिएपछि मुम्बईको नानावती अस्पताल भर्ना भएका अमिताभको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो ।
उनको अझै दुई वटा टेस्ट गरिनेछ । त्यसैले उनी केहि दिन डाक्टरकै निगरानीमा रहनुपर्ने भारतिय मिडियाले जनाएको छ । अभिताभका छोरा अभिषेक बच्चनको पनि रिपोर्ट नेगेटिभ आएको छ । अमिताभकी बुहारी ऐश्वर्या र नातिनी आराध्या पनि सोहि अस्पतालमा उपचार भइरहेको छ । तर, ऐश्वर्या र आराध्याको रिपोर्ट भने आएको छैन ।