ऐश्वर्या र आराध्या अस्पतालबाट डिस्चार्ज
एजेन्सी – बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चन कोरोना मुक्त भएर घर फर्किएका छन् । उनीहरुको कोरोना रिर्पोट नेगेटिभ आएपछि १० दिनमै अस्पताल डिस्चार्ज गरिएको हो ।
अमिताभ बच्चनले टुविट गर्दै बुहारी र नातिनी कोरोना मुक्त भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘आफ्नो सानी छोरी र बुहारी अस्पताल मुक्त हुदाँ आफ्नो आशु रोक्न सकिन । प्रभु तपाईको कृपा अपार, अपरम्पार छ ।’ हाल अमिताभ र अभिषेक बच्चन नानावती अस्पतालमै छन् ।
११ जुलाईमा अमिताभ र अभिषेक बच्चनको कोरोना रिर्पाेट पोजेटिभ आएको थियो । त्यसको भोलीपल्ट ऐश्वर्या र आराध्यामा पनि कोरोना पोजेटिभ देखिएको थियो ।