सरोजलाई ‘शखर चिनी’भन्दा आश्माको बोली गुलियो !
मेलिना राई र पदम राईको स्वरमा ‘शखर चिनी’ बोलको गीत आएको छ । गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । गीतको भिडियो हेर्नुस् :
शंकर थापा स्माइलको संगीत रहेको गीतमा डिपी खनालको शब्द छ । एरेञ्ज सुमन केसीले गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गीत गएको शुक्रबार सार्वजनिक गरिएको हो ।