निशानको स्वरमा कलेजो दान गर्ने बुवाको “जीन्दगी” (भिडियो)
बैतडीका दुई महिने शिशु शिवाशं अवस्थीलाइ कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’मा गायक निशान भट्टराई स्वर दिएका छन् । भिडियो :
जन्मीएको १४ औँ दिनदेखि विरामी परेका सिवांसलाई महेशले दक्षिण भारत चेन्नईको डा.रेला अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गरेका थिए । नेपालमा एक महिनासम्म आइसियुमा राखेर उपचार गर्दा पनि रोगको राम्रोसँग निराकरणसमेत नहुँदा मध्ययमवर्गीय महेशले भारत पुगेर करोड बढी खर्च गरि छोरालाई बचाएका थिए । गीतको संगीत संयोजन हेमराज थापाले गरेका छन् भने युवराज वाइवाले म्युजिक भिडियो निर्देशन गरेका छन् ।
नेपाली समाजलाई उत्प्रेरणा दिने खालको गीतमा स्वर दिन पाएकोमा गर्वको अनुभुति गरेको गायक निशानले बताए । उनले भने, ‘स्टुडियोमा यो गीतको रेकर्ड गर्दा नै म निकै भावुक बनेको थिएँ । शव्द र संगीत उत्कृष्ट रहेकाले यो गीत गाउन पाउनुलाई एउटा अवसरको रुपमा पनि लिएको छु ।’