सागर, रियाशा, चक्र र गीताको “झुम्का झलक्कै”
चर्चित लोक गायिका विष्णु माझी र पहिलो लोक स्टार सनी विश्वकर्माको स्वरमा “झुम्का झलक्कै” बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा सागर लम्साल (बले), रियाशा दाहाल, चक्र बम र गीता ढुंगानाको नृत्य छ । भिडियो :
गीतमा शिव हमालले शब्द तथा संगीत दिएका छन् । एरेञ्ज, मिक्सिङ र मास्टरिङ आशिष अविरलले गरेका हुन् । नवराज उप्रेतीको छायाँकन रहेको गीतमा सुबोल थापाले कोरियोग्राफी गरेका छन् । कन्सेप्ट तथा निर्देशन गम्भिर विष्टको हो ।