पल शाह थुनामुक्त हुँदा कारागार बाहिर फ्यानको भिड
नायक पल शाह थुनामुक्त भएका छन् । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएपछि पल सोमबार थुनामुक्त भएका हुन् ।
बैनी रोशनी शाहको रोहवरमा पल थुनामुक्त भएका हुन् । शाहको स्वागतमा उनका वकिल, परिवारका सदस्य, साथीभाई र फ्यानहरुको तनहुँ कारागार बाहिर भिड लागेको छ । पलमाथि नाबालिग गायिकालाई बलत्कार गरेको आरोप लागेको थियो ।
यस पश्चात उनले गत फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए, उनी ठ्याक्कै एक बर्षपछि सबै आरोपमाथि सफाइ पाउँदै फागुन १५ मै रिहा भएका हुन् ।