६ हजार बढी मतान्तरले डा.भट्टराई विजयी
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । डा.भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गरेका हुन् । गृह जिल्लामा भट्टराईले ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाए । डा.भट्टराईलाई बधाई । उनी साँझ मात्रै गोरखा पुगेका छन् ।