क-कस्ले पाए भारतको ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’ ?
आइतबार काठमान्डौ, राजधानीमा भारतको ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’ आयोजित भयो । अवार्ड समारोहमा नेपाली कलाकार, खेलाडीदेखि सञ्चारकर्मी सम्मलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरियो ।
अभिनेत्री प्रियंका कार्की, श्रद्धा क्षेत्री, नायक धिरज मगर, अरुण क्षेत्री, बरिष्ठ कलाकार हरिबंश आचार्य, संगीतकर शम्भुजित बाँस्कोटा, राष्ट्रिय क्रिकेट टोलिका पुर्व कप्तान पारस खड्का लगायतले विभिन्न शिर्षकमा अवार्ड र सम्मानपत्र प्राप्त गरे । अवार्ड समारोहमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, विनोद चौधरी लगायतको उपस्थिति रहेको थियो ।
यस्तै बलिउड अभिनेत्री भाग्यश्री अवार्ड सेरोमनीको मुख्य आकर्षकको रुपमा थिइन् । भाग्यश्रीसँगै भारतिय चर्चित कलाकार रञ्जित रे, विन्दु दारासिंह अवार्डमा सहभागी थिए ।