find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

चैत १ गते नेपालमा ‘राजागंज’ रिलिज हुने

दीपक रौनियारको निर्देशनमा निार्माण भएको फिल्म ‘राजागंज’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि विभिन्न विश्वप्रसिद्ध फिल्म महोत्सवमा ‘पूजा, सर’ नाममा प्रदर्शन भएको सिनेमा नेपालमा भने ‘राजागंज’ नामबाट रिलिज गरिने निर्माण टिमले जानकारी दिएको हो ।

मंगलबार फिल्मको निर्माण टिमले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै सिनेमा आगामी चैत्र १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने जानकारी दिइएको छ । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन् । सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ ।

निर्देशक रौनियार नेपाली सिनेमालाई विश्वप्रसिद्ध सिनेमा महोत्सवमा पुर्याउने पहिलो निर्देशक समेत हुन । उनले निर्देशक गरेको सिनेमा ‘हाइवे’ पहिलो पटक बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा २०१२ मा प्रदर्शन गरिएको थियो । त्यसअघि कुनैपनि नेपाली कथानक सिनेमा यो स्तरको अन्तर्राष्ट्रिय मञ्जमा उभिएको थिइन् । त्यसपछि उनले निर्देशन गरेको दोस्रो फिचर सिनेमा ‘ह्वाइट सन’ पनि विभिन्न विश्वप्रसिद्ध सिनेमा महोत्सवमा पुगेको थियो ।

अहिले उनै निर्देशक रौनियार निर्देशित तेस्रो फिचर सिनेमा ‘राजागंज’ समेत विभिन्न विश्वप्रसिद्ध सिनेमा महोत्सवहरु चहरिरहेको छ । अझ यो सिनेमाको कार्यकारी निर्मातामा बलिउडका सफल निर्देशक अनुराग कश्यप जोडिएसँगै नेपालमा समेत सिनेमा चर्चाको शिखरमा पुगेको छ ।

निर्देशक कश्यपले केहीदिन अघि विश्वप्रसिद्ध मिडिया भेराइटीमा दिएको अन्तरवार्तामा आफु दीपक रौनियार निर्देशित सिनेमा ‘ह्वाइट सन’ हेरेदेखि उनको फ्यान भएको बताएका थिए । त्यसपछि उनको अर्को सिनेमाको प्रतिक्षामा थिए । ‘राजागंज’मा निर्माताको रुपमा जोडिन पाउँदा गर्व महसुस गरेको उनले भेराइटीसंगको संवादमा उल्लेख गरेका छन् ।

यो सोसल ड्रामा तथा एक्सन सिनेमामा आशा मगराती मुख्य भूमिका छिन् । सिनेमामा आशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ ।

सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ स्वीट्जरल्यान्ड, जर्मनी, अस्ट्रिया यूके र आयरल्यान्ड जस्ता देशमा पनि बिक्री भइसकेको जनाइएको छ । सिनेमाले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।

सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha