बधाई : अर्जुन र दुर्गा ‘अदिरा’को आमा बुवा बन्दै
सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल दम्पत्तीले गर्भवती प्रेग्नेन्सी फोटोसुट गरेका छन् । सार्वजनिक तस्बिरमा उनीहरुले जन्मिने सन्तानको नाम ‘अदिरा’ राखेका छन् ।
अर्जुन र दुर्गाले आ आफ्नो नामको अक्षर मिलाएर छोरीको नाम अधिरा राखेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरुमा उनीहरु आगामी सन्तानको लागि निकै उत्साहित देखिन्छन् । गत दुई वर्ष अगाडी यो साँगीतिक जोडीले बिबाह गरेको थियो । पहिलो सन्तानको आमा बुवा बन्दै गरेका अर्जुन र दुर्गालाई बधाई ।
फोटोग्राफर महेश प्रधानले नोर्लिङ रिसोर्टमा दुर्गा र अर्जनको प्रेग्नेन्सी फोटोसुट गरेका हुन् ।