find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बिपिन कार्कीको ‘काजी’लाई ‘पोष्टाम’ले बजार प्रवद्र्धन गर्ने

फिल्म ‘काजी’ को सामाग्रीलाई ‘पोष्टाम’ नामक अनलाइन प्लेटफर्मले विश्वभर पुर्‍याउने भएको छ । गत बिहीबार ‘पोष्टाम’का सीइओ रोनिस दाहाल र फिल्मका निर्देशक लक्ष्मण रिजालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

‘पोष्टाम’ले ५० लाख बराबर फिल्मको विश्वव्यापी बजार प्रवर्द्धन निःशुल्क रुपमा गर्नेछ । निर्देशक रिजालले फेसबुक, टिकटकमा प्रचारका लागि गर्नुपर्ने खर्चको समाधानको रुपमा आफूले ‘पोष्टाम’लाई लिएको बताए । त्यस्तै, ‘पोष्टाम’का सीइओ दाहालले यो सामाजिक सञ्जाल मात्र नभइ एउटा ‘एफिलेट’ प्लेटफर्मको रुपमा अगाडि बढाएको बताए । यसलाई फेसबुक जस्तै गरी प्रयोग गर्न सकिने पनि उनले प्रष्ट्याए । तर, यो ‘एफिलेट’ प्लेटफर्म पनि भएकाले फिल्मजस्ता भिडियो कन्टेन्टलाई ल्याएर त्यसको बजार प्रवर्द्धन गरिने उनको भनाई छ । फिल्मको बजार प्रवर्द्धन विश्वव्यापी हुने उनले जानकारी दिए ।

आगामी माघदेखि छायांकन सुरु हुन लागेको फिल्ममा विपिन कार्की, वर्षा सिवाकोटी, विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्कीको अभिनय रहनेछ । रिजाल एन्ड रिजाल प्रोड्क्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल रहेका छन् ।

सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले वितरण गर्ने फिल्मको छायांकन बेलायतमा गरिने जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha