रोशन, विल्सन, बुद्धि र विजयको ‘यो मन त मेरो नेपाली हो’
‘यो मन त मेरो नेपाली हो’ नामक फिल्म निर्माण हुने भएको छ । मित्र प्रधानको निर्माण र निर्देशनमा बन्ने यो फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्नेछ ।
‘यो मन त मेरो नेपाली हो’ को छाँयाकन मंसिर ६ गतेबाट सुरु हुदैछ । यस फिल्मको पहिलो छायाँङ्कन पाचथरबाट सुरु गरि झापा हुँदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगायतको देशहरुमा हुनेछ । फिल्मको मुख्य भूमिकामा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहने छ ।
शिवम् अधिकारीको लेखन रहने फिल्मले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुको मातृ भाषा प्रतिको आकर्षण, महत्व र ईतिहासलाई दर्साउने छ । फिल्मले अमेरीका, म्यानमार, भुटान र ईन्डिया गरि चार देशका चार जना नेपाली भाषि अभियन्तारु नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि नेपाली भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरु को हुन् ? नेपालीहरु कसरी भुट्टान, म्यानमार, ईन्डियासम्म पुगे र त्यहाँका नेपालीहरुको अवस्था कस्तो छ भनेर यो फ्ल्मिले बोल्नेछ । फिल्म विसुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषा प्रति प्रेरित गर्नेछ, लेखक अधिकारी भन्छन् ।
मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको फिल्म “यो मन त मेरो नेपाली हो”मा दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व ,कविराज गहतराजको कोरियोग्राफी रहने छ ।