तेश्रो सातामा ‘दिमाग खराब’, दुई सातामा ७ करोड कमायो
निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ प्रदर्शनको तेश्रो सातामा प्रवेश गरेको छ । निर्माण युनिटले फिल्मले गरेको दुई साताको ग्रस कलेक्सन पनि सार्वजनिक गरेको छ ।
फिल्म निर्माण कम्पनी सिनेमा आर्टस् र ब्ल्याक हर्ष पिक्चर्सले शुक्रबार ‘दिमाग खराब’को दुई साताको ग्रस कलेक्सन सार्वजनिक गरेको हो । सार्वजनिक रिपोर्ट अनुसार फिल्मले दुई सातामा ७ करोडको ग्रस कलेक्सन गर्न सफल भएको छ, जुन कलेक्सन राम्रो हो । तिहारको अवसर पारेर प्रदर्शनमा आएको ‘दिमाग खराब’ले दोश्रो सातादेखि दर्शकलाई झनै आकर्षण गरिरहेको छ । यो फिल्मले बलिउड फिल्म ‘टाइगर ३’ लाई समेत पछि पारेर तेश्रो साताको सफल यात्रा तय गरेको हो । फिल्मको विषय वस्तुलाई दर्शकले रुचाइरहेका छन् ।
सफलताका साथ चलिरहेको ‘दिमाग खराब’मा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की लगायत कलाकारहरुको अभिनय छ । लुट २ पश्चात् निर्देशनमा फर्किएका निश्चल ‘दिमाग खराब’ बाट सबैको दिल जितिरहेका छन् ।
यस्तै निर्देशक तथा निर्माता बस्नेतकै पलहमा निर्माताले हलबाट फिल्म प्रदर्शन हुन्जेल पचास प्रतिशत सेयर पाउने भएका छन् । निश्चल बस्नेतको दिमाग खराब टिम, चलचित्र संघ र निर्माता संघको छलफलले शनिबार यो निणर्य गरेको हो ।